काठमाडौं — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा अझै १५ दिन प्रहरी हिरासतमा रहने भएका छन्।

जिल्ला अदालत काठमाडौंले दुवै नेताविरुद्ध राज्यविरूद्धको अपराध अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई १५ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीका अनुसार, उनीहरूविरुद्ध प्रदर्शनका क्रममा सार्वजनिक सुरक्षा तथा कानून विपरीत गतिविधि गरेको आरोपमा अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय