काठमाण्डौं—प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरिएको दाबी गरेका छन्।

आइतबार सिंहदरबारमा सम्पन्न प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा रहेका व्यक्तिहरुलाई गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकताहरुको उचित व्यवस्थापन गरिएको जानकारी गराए।

उनका अनुसार देशभरका स्थायी तथा अस्थायी प्रहरी इकाइहरुमार्फत अभियुक्तमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ। साथै, कतिपय इकाइमा भौतिक संरचना अभावका कारण थुनुवा व्यवस्थापनमा चुनौती देखिएको उनले उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय