काठमाडौं — जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दको प्रहरी वृत्त जनसेवामा सरुवा भई आएको छ।

आजदेखि प्रहरी वृत्त जनसेवामा कार्यभार सम्हाल्न आएका डीएसपी चन्दलाई स्वागत गर्दै परिसरमा एक कार्यक्रम आयोजित गरिएको थियो। कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै डीएसपी चन्दले इमान्दारीका साथ जनताको सेवामा समर्पित भई कार्य गर्न निर्देशन दिए।

यसअघि झापामा रहँदा अपराध अनुसन्धानमा अब्बल मानिएका चन्दले प्रहरी संगठनभित्र स्वच्छ छवि निर्माण गर्दै विषय विज्ञका रूपमा पहिचान बनाएका थिए। झापामा कार्यरत रहँदा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले प्रहरी सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय