काठमाडौं— गोकर्णेश्वरमा एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिहरूमा सर्लाहीको बागमती ढुंगेखोला घरका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घरका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घरकी २० वर्षीया पूजा परियार र एक नाबालक रहेका छन्।

यी व्यक्तिहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए।

शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन्।

पुलिसले घटनासँग सम्बन्धित थप प्रमाण सङ्कलन गर्दै अनुसन्धानलाई तीव्रता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर