काठमाडौं — नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षकको काज सरुवा गरिएको छ।

डीएसपी बढुवा भएपछि रिक्त रहेका कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो। उनीहरुलाई आवश्यकतानुसार विभिन्न स्थानमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मका लागि काज खटाइएको छ। खटिएको स्थानमा तुरुन्तै हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषामा नितेश कुमार सिंहको काज सरुवा गरिएको छ। त्यसैगरी, चक्र बहादुर देउवाको जिल्ला ट्राफिक कार्यालय, कैलालीमा काज सरुवा भएको छ।

सुचि हैर्नुहोस्—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय