काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी गरिएका फरार प्रतिवादी विनोद पौडेललाई ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ। बर्दिया, बढैयाताल गाउँपालिका–२ स्थायी ठेगाना भई काठमाडौं, टोखा नगरपालिका–३ मा बस्दै आएका पौडेललाई एनसीबी अबु मस्कट ओमानको समन्वयमा पक्राउ गरिएको हो। 

नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ पुस १२ गते पौडेलविरुद्ध रेड नोटिस जारी गरेको थियो। पक्राउ परेका उनलाई कानूनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय