काठमाडौं – नेपालको विश्वासिलो शैक्षिक परामर्श केन्द्र एसआई यूकेले बेलायतको कार्डिफ मेट्रोपोलिटन युनिभर्सिटीका प्रतिनिधिलाई स्वागत गरेको छ।

नेपाल भ्रमणका क्रममा कार्डिफ मेट्रोपोलिटन युनिभर्सिटीको टिमलाई पुतलीसडकस्थित एसआई यूकेको कार्यालयमा विशेष समारोहका साथ स्वागत गरिएको हो।

एसआई यूकेका निर्देशक विनय अधिकारीले कार्डिफ मेट्रोपोलिटन युनिभर्सिटीका इन्टरनेशनल स्टुडेन्ट रिक्रुटमेन्ट डाइरेक्टर एड्रियन बेयर्ड, साउथ एसिया तथा अमेरिकाकी क्षेत्रीय प्रबन्धक सुसान जोन्स, र एसआई यूकेको साउथ एसिया क्षेत्रीय प्रबन्धक विराज पेण्डारकरलाई खादा ओढाएर सम्मान गरे।

अधिकारीले अतिथिहरूलाई कार्यालय भ्रमण गराउँदै एसआई यूकेको प्रगतिका गतिविधिबारे जानकारी गराएका थिए। सो अवसरमा इन्टरनेशनल स्टुडेन्ट रिक्रुटमेन्ट डाइरेक्टर एड्रियन बेयर्डले एसआई यूकेको उपलब्धिहरूका लागि बधाई तथा शुभकामना व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय