
काठमाण्डौं— काठमाण्डौं जिल्ला अदालतबाट कैद तथा जरिवाना सजायँ फैसला भई फरार रहेका काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा ४ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा ६ बस्ने पुष्प राज गौतम लाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलिले पक्राउ गरेको छ ।
२०५९ सालमा काठमाण्डौं जिल्ला अदालतबाट ठगी मुद्धामा फैसला भई ५ वर्ष कैद र ६ लाख ७३ हजार ७५० जरिवाना सुनाएको थियो, उनलाई प्रहरीले २२ बर्ष पछि पक्राउ गरेको छ ।

५१ वर्षीय गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बाट प्रहरी निरिक्षकको कमाण्डमा गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो ।
फरार अभियुक्त गौतमलाई आवश्यक कारवाहीको लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको समेत डिएसपी घलेले जानकारी दिनु भयो ।



