
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सूचनाका आधारमा मंसिर ९ गते दिउँसो प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१७ स्थित ‘स्नोलाइन’ होटलमा छापा मारेको थियो।
होटलमा गरिएको जाँचका क्रममा प्रहरीले ५० लाख ५० हजार रुपैयाँ नेपाली, ४ हजार २१५.०९ ओमानी रियाल र ५५ अरब दिराम बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा चितवनको बिसौनी स्थायी घर भई हाल ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।
प्रहरीले बरामद मुद्रासहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाको प्रकृति, रकमको स्रोत तथा कारोबारको उद्देश्यबारे थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।





