काठमाडौं, २२ साउन — पछिल्लो समय देशभर अपराधका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आपराधिक गतिविधि ४ दशमलव ३५ प्रतिशतले बढेका छन्।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले आर्थिक वर्ष २०८२/८३ मा देशभर ६१ हजार १६ वटा मुद्दा दर्ता भएको जानकारी दिए। यसअघि आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ४७२ वटा मुद्दा दर्ता भएका थिए।
प्रहरीको तथ्याङ्कअनुसार विगतका वर्षहरूमा पनि आपराधिक मुद्दाको सङ्ख्यामा उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०८०/८१ मा यो सङ्ख्या बढेर ५९ हजार २०३ पुगेको थियो।
विशेषगरी प्रविधिको प्रयोगसँगैCyber अपराध, बैंकिङ कसुर, अनलाइन ठगी र वैदेशिक रोजगारीका नाममा हुने ठगीजस्ता आर्थिक तथा वित्तीय अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय