काठमाडौँबाट प्राप्त समाचार अनुसार थाइल्यान्डबाट ल्याइएको साढे पाँच किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शंकास्पद अवस्थामा सुटकेस बोकेर बसिरहेका भारत, उत्तर प्रदेशका ४३ वर्षीय रिंकु मेहेन र ३२ वर्षीय मोहम्मद हसनैनलाई जाँच गर्दा सुरुमा ५ किलो गाँजा फेला परेको हो।
उनीहरूसँगको सोधपुछका आधारमा प्रहरीले धादिङको धुनिबेँसी नगरपालिका–९ कानाकोटमा बेवारिसे अवस्थामा छाडिएको युपी ३८ एपी १९७५ नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ। सोही गाडीबाट थप ५०० ग्राम गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार थाइल्यान्डमा रहेका दाजुभाइ सहुलत खान र साहादत खानले पठाएको गाँजा काठमाडौँमा बुझेर भारत लैजान उनीहरू लुधियानाबाट गाडी चढेर आएका थिए। यो गिरोहले प्रयोग गरेको उक्त गाडी यसअघि पनि दुई पटक नेपाल आएर थाइल्यान्डबाट ल्याइएको गाँजा भारततर्फ तस्करी गरिसकेको खुलेको छ। फरार आरोपीहरूको खोजीका साथै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय