
काठमाडौं, साउन १३ । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले THC (टेट्राहाइड्रोक्यानाबिनोल) मिश्रित भेपसहित एक जनालाई पक्राउ गरेको छ। ब्यूरोका अनुसार काठमाडौं महानगरपालिका–१६ क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा क्लबहरूमा लागू औषध सेवन भइरहेको सूचनाका आधारमा गरिएको विशेष अपरेशनका क्रममा ३८ वर्षीय कविर मगर पक्राउ परेका हुन्।
ब्यूरोका अनुसार पक्राउ परेका मगर ललितपुर महानगरपालिका–१ निवासी हुन्। अनुसन्धानका क्रममा उनको साथबाट THC भेप ५ थान, एक थान मोबाइल फोन र एक थान अष्ट्रेलियन पासपोर्ट बरामद गरिएको छ।

बरामद भेप प्रयोगशालामा परीक्षण गर्दा त्यसमा गाँजामा पाइने THC तत्व पुष्टि भएको ब्यूरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विशेष: लागू औषध नियन्त्रण ब्यूरोले THC मिश्रित भेप नेपालमा पहिलो पटक बरामद भएको जनाएको छ।




