मोरङ — मोरङमा एक बालिकामाथि बलात्कार तथा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले क्याफे सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले साउन १० गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा:

  • मोहम्मद अरमान (१८ वर्ष) — रंगेली नगरपालिका–०३, आमतोला (सिटी सफारी चालक)

  • सुमन कुमार साह (२१ वर्ष) — सुनबर्षी नगरपालिका–०९ (युमी क्याफेका सञ्चालक)

  • करण मण्डल (२० वर्ष) — रंगेली नगरपालिका–०७, हर्दी टोल

  • प्रियान्सु साह (१८ वर्ष) — रंगेली नगरपालिका–०७

  • रितिक यादव (१८ वर्ष) — रंगेली नगरपालिका–०६

घटनाक्रम र प्रहरी अनुसन्धान

प्रहरीका अनुसार साउन ३ गते बिहान सिटी सफारी चालक मोहम्मद अरमानले सुनबर्षीकी ती बालिकालाई ललाइफकाइ रंगेली–०३ स्थित ‘युमी क्याफे’ पुर्‍याएका थिए। त्यहाँ अरमानले बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेका थिए। लगत्तै सोही क्याफेका सञ्चालक सुमन कुमार साहले पनि उनीमाथि बलात्कार गरेको प्रहरी उजुरीमा उल्लेख छ।

त्यस्तै, साउन ४ गते राति करिब ९:०० बजे करण मण्डलले ती बालिकालाई रंगेली–०७ स्थित संसारी मन्दिर नजिकै रहेको ‘द नाइन्टीज’ क्याफेमा लगेका थिए। उक्त क्याफेमा मण्डलका साथै प्रियान्सु साह र रितिक यादव मिलेर बालिकामाथि सामूहिक जबरजस्ती करणी गरेको खुलेको छ।

घटनाबारे पीडित पक्षले प्रहरीमा जाहेरी दिएलगत्तै खटिएको संयुक्त टोलीले घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय