काठमाडौँ — बचत फिर्ताको माग गर्दै आन्दोलित सहकारी पीडितहरूले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’को ब्यानरमा भेला भएका पीडितहरूले साना र ठूला बचतकर्ता नभनी सबैलाई समान ढङ्गले न्याय दिन माग गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘पीडितलाई न्याय दे’, ‘सहकारी पीडितबीच फुटाउ र राज गरको षड्यन्त्र बन्द गर’ तथा ‘समान व्यवहार गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

आन्दोलनकारीहरूले सहकारीका ऋणीहरूबाट तत्काल असुल-उपर गरेर भए पनि आफूहरूको रकम फिर्ता गराउन सरकारसँग जोडदार माग गरेका छन्।

आन्दोलनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य

आफूहरूको यो अभियान विशुद्ध पीडितहरूको साझा मञ्च भएको स्पष्ट पार्दै उनीहरूले कुनै पनि राजनीतिक दल वा घुसपैठियालाई आन्दोलनमा स्थान नदिने बताएका छन्। पीडितहरूकै आफ्नै नेतृत्वमा आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ।

सरकारलाई दबाब दिन दुई दिन ध्यानाकर्षण र्‍याली आयोजना गरिएको र यति गर्दा पनि माग पूरा नभए अझ सशक्त ढङ्गले सडक आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय