काठमाडौं । महाकाली नदीमा हाम फालेकी एक महिलाको ज्यान जोखिममा पारेर सकुशल उद्धार गरेका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई २०८३ असार महिनाको ‘Police of the Month’ घोषणा गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले असाधारण साहस, कर्तव्यनिष्ठा र मानवीय सेवाभावको उच्च मूल्यांकन गर्दै महरालाई उक्त सम्मान प्रदान गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले महरालाई प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गर्दै उनको साहसिक कार्यले नेपाल प्रहरीको सेवाभाव र समर्पणलाई उजागर गरेको बताए।

प्रहरी कार्यालय सहयोगी महराले आफ्नो ज्यानको पर्वाह नगरी महाकाली नदीमा हाम फालेकी महिलाको समयमै उद्धार गरी सुरक्षित जीवन बचाएका थिए। उक्त साहसिक कार्यको सर्वत्र प्रशंसा हुँदै आएको छ।

प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना ‘Police of the Month’ घोषणा गर्दै आएको छ। यसअन्तर्गत असार महिनाका लागि प्रकाश सिंह महरा उत्कृष्ट घोषित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय