काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।

प्रहरीका अनुसार चौधरीले पीडितहरूलाई आकर्षक तलबमा क्यानडा पठाइदिने आश्वासन दिँदै विभिन्न चरणमा रकम असुलेका थिए। रकम संकलन गरेपछि उनी पीडितहरूको सम्पर्कबाट बाहिरिएका थिए।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय