काठमाडौं । नेपाल प्रहरीमा हालै गरिएको सरुवामा काठमाडौं लगाएत प्रमुख सुरक्षा निकायहरूमा नेतृत्व परिवर्तन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी दिलिप घिमिरे नियुक्त आउने भएका छन ।  जिल्ला प्रहरी परिसर ललितपुरको नेतृत्व पनि परिवर्तन गरिएको छ। ललितपुर परिसरको प्रमुखका रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको भएको छ।

त्यसैगरी, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रमुख जिम्मेवारी सम्हाल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा एसएसपी नकुल पोखरेललाई खटाइएको छ। पोखरेलले उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमहरूको नेतृत्व गर्नेछन्।

नेपाल प्रहरी मुख्यालयले संगठनको आवश्यकता र प्रशासनिक व्यवस्थापनलाई मध्यनजर गर्दै विभिन्न प्रहरी इकाइमा नेतृत्व फेरबदल गरेको जनाएको छ। नयाँ जिम्मेवारी सम्हाल्ने तीनै वरिष्ठ प्रहरी अधिकृतहरू अनुभवी र व्यावसायिक अधिकृतका रूपमा परिचित छन्।

काठमाडौं, ललितपुर र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई राजधानीको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा यातायात व्यवस्थापनका दृष्टिले महत्वपूर्ण मानिन्छ। नयाँ नेतृत्वसँगै सुरक्षा तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

हालको फेरबदलसँगै जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी दिलिप घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी तुलबहादुर कार्की तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नकुल पोखरेलले नेतृत्व सम्हाल्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय