बुटवल । लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्री ले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

मंगलबार आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा कार्यरत प्रहरी जवान नैना चौधरीलाई २०८२ साल चैत्र महिनाको “Best Police of the Month” घोषणा गर्दै कदरपत्र र पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रहरी जवान चौधरीले हराएका व्यक्तिहरूको खोजतलास गरी परिवारको जिम्मा लगाउने, साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने घरेलु हिंसा नियन्त्रणमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेको मूल्यांकनपछि उक्त सम्मान प्रदान गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, २०८३ साल वैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची का कार्यालय प्रमुख दिवस जी.सी. लाई घोषणा गरिएको छ ।

कार्यक्रममा “The Police of the Month Recognition Luncheon” समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई प्रहरी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरिएको थियो ।

सो क्रममा समसामयिक प्रहरी चुनौती, कार्यअनुभव, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय तथा समुदाय–प्रहरी सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय