काठमाडौं । सुकुम्बासीको नाममा फाइदा लिने गलत तत्त्वका कारण वास्तविक पीडित मर्कामा परेको प्रहरीले जनाएको छ। शुक्रबार (वैशाख ११) प्रहरी प्रधान कार्यालय ले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै सरकारले वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्न लागेकाले सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको हो।

सूचनामा भनिएको छ, “वास्तविक सुकुम्बासीको नाममा अरू नै टाठाबाठाले फाइदा उठाइरहेका छन्। त्यो कुरा तपाईंहरूलाई पनि थाहा नै छ। अब सरकारले तपाईंहरूको दीर्घकालीन समस्या समाधान गर्ने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्छौं।”

उपत्यकाका थापाथली, मनोहरा र गौरीगाउँ क्षेत्रमा अवैध रूपमा बसोबास गरिरहेका सुकुम्बासीलाई सरकारले शनिबार र आइतबार (वैशाख १२–१३) हटाउने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय