काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं ले घरधनीहरूलाई भाडामा बस्ने व्यक्तिहरूको विवरण सुरक्षित रूपमा राख्न अनुरोध गरेको छ। प्रहरीले यस्तो कदमले अपराध नियन्त्रणमा सहयोग पुग्ने र घटनामा संलग्न व्यक्तिको पहिचान सहज हुने जनाएको छ।

परिसरका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराई का अनुसार लामो समयदेखि डेरामा बस्ने व्यक्तिबारे घरधनीलाई आधारभूत जानकारी नै नहुने अवस्था देखिएकाले यस्तो अनुरोध गरिएको हो। उनले यो व्यवस्था अनिवार्य नभई सुरक्षा दृष्टिकोणले उपयोगी हुने बताए।

प्रहरीका अनुसार घरधनीले आवश्यक ठानेमा भाडामा बस्न आउने व्यक्तिबाट पुलिस क्लियरेन्स रिपोर्टसमेत माग्न सक्छन्, जसबाट उनीहरूको पृष्ठभूमि बुझ्न सहज हुन्छ। यसले निर्दोष व्यक्तिहरू अनावश्यक रूपमा प्रहरी सोधपुछमा पर्नुपर्ने अवस्थासमेत कम हुने अपेक्षा गरिएको छ।

त्यस्तै, एसएसपी रमेश थापाले घरवाला र डेरावालाबीच आपसी चिनजान आवश्यक भएको उल्लेख गर्दै डेरावालाको विवरण घरधनीसँग हुनु जरुरी रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय