
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गर्दै एक महत्वपूर्ण प्रशासनिक सन्देश दिएका छन्। आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय निरीक्षणका क्रममा उनले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरी बलका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए। सो अवसरमा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, जिल्ला प्रहरी प्रमुख एसपी युवराज खडका, तथा अनुसन्धान शाखाका एसपी अभिनय कुमार सिंहलगायतको उपस्थिति रहेको थियो।

गृहमन्त्रीको यो निर्णयलाई सुरक्षा निकायभित्र तथा प्रशासनिक वृत्तमा सकारात्मक कदमका रूपमा लिइएको छ। परम्परागत शैलीभन्दा फरक हुँदै सम्मान र व्यवहारिक कार्यशैलीलाई प्राथमिकता दिने संकेतस्वरूप यसलाई धेरैले प्रशंसनीय पहलका रूपमा व्याख्या गरेका छन्।
सुरक्षा निकायसँगको सम्बन्धलाई अझ सहज, सम्मानजनक र व्यवहारिक बनाउने दिशामा यो निर्णयले सकारात्मक सन्देश दिएको टिप्पणी गरिएको छ।



