काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ।

हालै रोशी क्षेत्रमा गिट्टी–बालुवा उत्खननका कारण बाढी तथा पहिरोको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्री गुरुङले यसप्रति गम्भीर चासो व्यक्त गर्नुभएको हो। उहाँले अवैध उत्खननले प्राकृतिक विपद् निम्त्याइरहेको उल्लेख गर्दै यसको रोकथाममा सम्बन्धित निकायहरू सक्रिय हुनुपर्ने बताउनुभयो।

गुरुङका अनुसार विगतमा केही राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा क्रसर सञ्चालन गर्न दिएको आरोप समेत लगाउनुभयो। “अब यस्तो गतिविधि सह्य हुँदैन, अवैध रूपमा सञ्चालन भएका सबै क्रसर तुरुन्त बन्द गरिनुपर्छ,” उहाँको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

गृहमन्त्रीको निर्देशनसँगै रोशी क्षेत्रमा अवैध क्रसर उद्योगमाथि कडाइ हुने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा वातावरणीय क्षति रोक्न तथा सम्भावित विपद् न्यूनीकरणका लागि यो कदम महत्वपूर्ण हुने सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय