काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, “PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं।”

मन्त्री गुरुङले उक्त कदम कसैप्रति प्रतिशोध नभई न्यायको सुरुवात भएको स्पष्ट पारेका छन्। साथै, कानुनी शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय