काठमाडौं । सिंहदरबार क्षेत्रको सुरक्षा व्यवस्थापन सुदृढ बनाउन गृह मन्त्रालय मा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्याल को अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकमा सुरक्षा तयारीका विविध पक्षबारे विस्तृत छलफल गरिएको हो। बैठकमा राजकुमार श्रेष्ठ, दानबहादुर कार्की सहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकले नवनिर्वाचित संघीय सांसदहरूको सपथ ग्रहण कार्यक्रम, संसद् अधिवेशन सञ्चालन तथा सिंहदरबार भित्रको आन्तरिक सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राखेर तयारीबारे समीक्षा गरेको हो।

सो अवसरमा गृहमन्त्री अर्यालले सपथ ग्रहण र संसद् सञ्चालनलाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन, समग्र सुरक्षा प्रवन्ध तथा आवश्यक आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

बैठकमा सहभागी सुरक्षा निकायका उच्च अधिकारीहरूले आवश्यक सुरक्षा तयारी पूरा गरिएको जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय