काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को मत परिणामले नेपालको राष्ट्रिय राजनीतिमा परिवर्तनको स्पष्ट संकेत दिएको छ। देशभर मतदाताले दशकौँदेखि प्रभाव जमाउँदै आएका परम्परागत नेताहरूलाई चुनौती दिँदै नयाँ अनुहारप्रति विश्वास व्यक्त गरेका छन्। यही परिवर्तनको सन्देश बोकेर संसद् प्रवेश गरेका छन् गोविन्द पन्थी जसले गोकर्ण विष्टलाई पराजित गर्दै गुल्मी–२ बाट प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्।

पन्थीले १६,९६७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। गुल्मी–२ लामो समयदेखि नेकपाका उपाध्यक्ष समेत रहेका विवादरहित नेता विष्टको प्रभाव क्षेत्र मानिन्थ्यो। २०५६ देखि लगातार चुनाव लड्दै आएका विष्टले २०७०, २०७४ र २०७९ का निर्वाचनमा अन्य ६ दलको  गठबन्धन हुदॅा पनि उल्लेख्यनिय मतान्तरले विजय हासिल गरेका थिए। तर यसपटक मतदाताले परिवर्तनको पक्षमा मतदान गर्दै पन्थीलाई रोजेका छन्।

मतदाताले किन रोजे गोविन्द पन्थी ?

यसपटकको निर्वाचनमा देशभर नै स्थापित नेताहरूलाई चुनौती दिँदै नयाँ अनुहारहरू अघि आएका छन्। मतदाताले परम्परागत राजनीतिक संरचना, दलगत गुटबन्दी र पुरानो शैलीको राजनीतिप्रति असन्तुष्टि व्यक्त गर्दै परिवर्तनको खोजी गरेको देखिन्छ।

एमाले उपाध्यक्ष विस्टको लामो राजनीतिक अनुभव र बलियो संगठन हुँदाहुँदै पनि मतदाताले नयाँ नेतृत्वलाई अवसर दिनु परिवर्तनको चाहनाको स्पष्ट अभिव्यक्ति भएको विश्लेषकहरू बताउँछन्। पूर्वमन्त्रीसमेत रहेका विष्टजस्ता अनुभवी नेताको पराजयले अब मतदाताले केवल दलगत हैसियतभन्दा पनि काम गर्ने क्षमता, पारदर्शिता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई बढी महत्व दिन थालेको संकेत दिएको छन् यसैको उदाहरण हुन् नव निर्वाचित संासद गोविन्द पन्थी ।

श्रम मन्त्रीका रूपमा पन्थीको चर्चा

निर्वाचन परिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा पन्थीको भूमिकाबारे पनि चर्चा सुरु भएको छ। विशेषगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी मन्त्रालयको नेतृत्वका लागि उनको नाम उल्लेख हुन थालेको छ।

हाल श्रम क्षेत्र तीन प्रमुख चुनौतीसँग जुधिरहेको छ—वैदेशिक रोजगार ठगी, मानव तस्करी र श्रमिक सुरक्षाको प्रश्न। यी विषयसँग  नेपाल प्रहरीको  डिएसपी हुदॅा प्रत्यक्ष रूपमा काम गरेको अनुभव भएका पन्थीको नेतृत्वले मन्त्रालय सम्हालेमा नीति निर्माण मात्र होइन, कार्यान्वयन पनि प्रभावकारी हुन सक्ने विश्लेषण भइरहेको छ।

वैदेशिक रोजगार ठगीविरुद्ध अनुसन्धान, मानव बेचबिखनका नेटवर्क उजागर गर्ने कार्य तथा श्रमिकका अधिकारका मुद्दामा सक्रिय भूमिका खेलेका कारण पन्थीलाई श्रम मन्त्रालयको नेतृत्वका लागि उपयुक्त मान्नेहरू बढ्दै गएका छन्। व्यवस्थागत सुधारका लागि उनको अनुभव उपयोगी हुन सक्ने धारणा राजनीतिक वृत्तमा व्यक्त भइरहेको छ।

यसअघि जेन्जी आन्दोलनपछि बनेको सरकार गठनका क्रममा पनि पन्थीलाई श्रम मन्त्रीका रूपमा प्रस्ताव गरिएको चर्चा भएको थियो। त्यसैले नयाँ राजनीतिक परिवेशमा उनको भूमिका अझ महत्त्वपूर्ण बन्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर