काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित आफ्नो खर्च विवरण जिल्ला निर्वाचन आयोग गुल्मीमा बुझाएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट विजयी भएका पन्थीले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मंगलबार गुल्मीस्थित निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका हुन्।

उनले बुझाएको विवरणअनुसार निर्वाचन अभियानका विभिन्न शीर्षकमा गरी कुल १२ लाख ५१ हजार ३३३ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। विवरणमा सबैभन्दा बढी रकम वडास्तरीय प्रचार कार्यक्रममा खर्च भएको देखिएको छ, जसमा ४ लाख ७४ हजार रुपैयाँ व्यय भएको छ। त्यसैगरी, प्रचार–प्रसार तथा आवतजावतका लागि प्रयोग गरिएको दुई वटा सवारी साधनमा करिब २ लाख १८ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

गुल्मीको भौगोलिक अवस्था दुर्गम र धेरै ठुलो भए पनि सीमित खर्चमै निर्वाचन अभियान सम्पन्न गरिएको भन्दै पन्थीले कम बजेटमा पनि प्रभावकारी रूपमा चुनाव सञ्चालन गर्न सकिने उदाहरण प्रस्तुत भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय