गुल्मी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिले फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक स्थानमा सेवन गर्न नपाइने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निर्वाचन अवधिमा शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना हुन नदिन उक्त निर्णय गरिएको जानकारी दिनुभयो।
प्रशासनले निर्णयको पूर्ण पालना गर्न सम्बन्धित व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै उल्लङ्घन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय