गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीका जिल्ला सभापति भोजराज पाण्डेले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूलाई सामाजिक सञ्जालमा जिम्मेवार र संयमित अभिव्यक्ति दिन आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जाल मानिसको अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने अचुक र भरपर्दो माध्यम भएको उल्लेख गर्दै सभापति पाण्डेले सम्मानभावसहित प्रस्तुत गरिने धारणा व्यक्तिको व्यक्तिगत कद उचो बनाउने बताउनुभयो। विशेषगरी जिम्मेवारीमा रहेका व्यक्तिहरू यस विषयमा अझ संवेदनशील हुनुपर्ने उहाँको भनाइ छ।

आगामी निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहिताको पालना गर्नु पार्टीको प्रमुख दायित्व भएको उल्लेख गर्दै उहाँले अन्य पार्टी वा नेताहरूलाई लक्षित गरी सामाजिक मर्यादाभन्दा बाहिर गएर शब्द प्रयोग नगर्न आग्रह गर्नुभयो। “अरूले जथाभावी बोलेर आफ्नो कद र मत घटाइरहेका छन्, तर हामी त्यसो नगरौं,” उहाँले भन्नुभयो।

रास्वपा देशको प्रमुख शक्ति बन्ने प्रक्रियाको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै सभापति पाण्डेले सबैलाई संयम, जिम्मेवारी र परिपक्वता प्रदर्शन गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय