काठमाडौं — नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मित्रराष्ट्र माल्दिभ्समा माघ २१ देखि माघ २७ गतेसम्म आयोजना हुन गइरहेको काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुन लागेको नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ गर्नुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा १४ जना खेलाडी र ४ जना अफिसियल रहेको टोलीलाई विदाइ गरिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले महिला टोलीले नेपाल प्रहरी मात्र नभई सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने बताए। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गौरव बढाउने अपेक्षा व्यक्त गर्दै खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना दिनुभयो।

विदाइ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतका अधिकारीहरूको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय