काठमाडौं । हालै बढुवा भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुभएको हो ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयको बैठकले गत पुस २३ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो सिफारिसअनुसार विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी रहेका राम प्रकाश शाह पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् ।

त्यसपछि क्रमशः भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी र नकुल पोखरेल बढुवाको सिफारिसमा परेका छन् । यसैगरी दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरासमेत एसएसपी पदमा बढुवा सिफारिस भएका हुन् ।

दर्ज्यानी चिन्ह प्रदान समारोहमा नेपाल प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय