काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखिएको मुद्दासम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यो रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन आदेश दिएको थियो। प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कारण देखाऊ आदेशसहित प्रतिवादीलाई उपस्थित गराउन निर्देशन दिएको थियो।

प्रशासनले अनुमति नदिएको अवस्थामा विरोध कार्यक्रम गर्ने चेतावनी दिएपछि प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा थुनामा राखिएको छ। थुना गैरन्यायिक भएको दाबी गर्दै छोरा निराजनले प्रसाईंलाई थुनामुक्त गराउन मागसहित सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय