डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले जिल्ला प्रहरी कार्यालय डोटीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा डीआईजी रानाले कार्यालय भवन, विभिन्न शाखाहरू, ब्यारेक, मेस, क्वाटर गार्ड र हिरासत कक्षको अवलोकन गर्दै जिल्लाको समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो। साथै उहाँले जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहतका प्रहरी युनिटका इन्चार्जहरूलाई आवश्यक निर्देशनसमेत दिनुभयो।

उहाँले उपलब्ध जनशक्ति र साधन–स्रोतको उचित तथा प्रभावकारी व्यवस्थापन गर्दै पूर्ण व्यावसायिक निष्ठाका साथ समाजमा शान्ति–सुरक्षा कायम गर्न अन्य सम्बद्ध निकायहरूसँग समन्वयमा काम गर्न निर्देशन दिनुभयो।

डीआईजी रानाले प्रहरी संगठनलाई उच्च अनुशासनमा रहि नागरिकमैत्री सेवा, अपराध अनुसन्धान तथा नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, र स्वच्छ एवं निष्पक्ष पीडितमैत्री सेवा प्रवाहमा समर्पित रहनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, यस्ता कार्यहरू मार्फत जनमानसमा प्रहरीप्रतिको सकारात्मक धारणा अभिवृद्धि गर्न सहयोग पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय