चितवन— पूर्वी चितवनको खैरहनीबाट प्रहरीले स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय खैरहनी र अस्थायी ट्राफिक प्रहरी पोष्ट खैरहनीले शनिबार गरिएको संयुक्त चेकजाँचका क्रममा ती मोटरसाइकलहरू नियन्त्रणमा लिएका हुन्।

स्थानीयवासीहरूले मोटरसाइकलहरूले ठूलो आवाज निकाल्ने, साइलेंसर पड्काउने जस्ता कार्यले ध्वनि प्रदूषण बढाएको गुनासो गरेपछि प्रहरीले कडाइका साथ निगरानी थालेको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिएका मोटरसाइकलहरूमा स्वरूप परिवर्तन र अनधिकृत साइलेंसर जडान गरिएको भेटिएको छ। स्थानीयलाई आतंकित पार्ने र सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न भएकाहरूविरुद्ध नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय