काठमाडौं । रक्षा बमको नेतृत्वमा ‘नेपाल जे–जी फ्रन्ट’ गठन गरिएको जानकारी सामाजिक सञ्जालमार्फत दिइएको छ। फ्रन्टले भदौँ २३ र २४ मा भएको विद्रोहलाई संस्थागत बनाउने र राज्यसँग सम्झौताको एजेण्डा तयारी गरी अगाडि बढ्ने लक्ष्य राखेको बताइएको छ।

बमको नेतृत्वमा गठन भएको सो फ्रन्टमा बमबाहेक ३८ सदस्य रहेको जानकारी दिइएको छ। फ्रन्टले जे–जी विद्रोहको दस्तावेज पनि सार्वजनिक गरेको छ र उक्त दस्तावेजमा विद्रोहमाथि उठेका मुख्य माग तथा समावेशी एजेण्डाहरू समेटिएको जनाइएको छ।

घोषणामा फ्रन्टले विद्रोहसँग सम्बन्धित सबै व्यक्ति, समूह तथा शुभेच्छुक र सद्भावना राख्ने सम्पूर्ण नेपालीलाई एकता र समन्वयका लागि आह्वान गरेको छ। उनीहरूले विद्रोहका मुद्दाहरूलाई संस्थागत रुपमा अघि बढाएर राजनीतिक संवाद र सम्भावित सम्झौताको बाटो खोल्ने प्रयास गर्ने आशय राखेका छन्।

अहिलेसम्म फ्रन्टको विस्तृत कार्यतालिका र सार्वजनिक कार्यक्रमसम्बन्धी थप जानकारी सार्वजनिक गरिएको छैन। सामाजिक सञ्जालमा आएको घोषणालाई उद्धृत गर्दै फ्रन्टका मुख्य उद्देश्यहरू र सदस्यताको संरचना सम्बन्धी थप विवरणहरु बाँकी रहेको विषयमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय