
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–स्वयम्भू क्षेत्रबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक नेपाली युवती र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

एआइजी कार्कीले भने, “स्रोत नखुलेको रकमसहित एक चिनियाँ र एक नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको छ ।”
पक्राउ परेकाहरूले भाडामा लिएको कोठाबाट प्रहरीले केही सुनका गहना पनि बरामद गरेको जनाएको छ ।



