काठमाडौं । हिजो आत्मदाह प्रयास गरेकी गायिका नीतु पौडेल र गायक तथा संगीतकार बाबुल गिरी बीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। घटनाका अनुसार, नीतुले बाबुलको स्टुडियो रहेको घरमै पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी हुन्।

बाबुलको एरेन्ज स्टुडियो अनामनगरमा छ, जसको तल्लो तलामा नीतुले डुर्बिना क्याफे सञ्चालन गर्दै आएकी थिइन्। हिजो दिनभर बाबुल र नीतुबीच विवाद भएपछि, उनी तल्लो तलामा झरेर आत्मदाह प्रयास गरेको बताइएको छ।

शरीरमा पेट्रोल छर्किएर आगो लगाएको देखेपछि बाबुल पनि तल ओर्लिएर निभाउने प्रयास गरेका थिए। त्यस क्रममा उनी पनि सामान्य रूपमा घाइते भएका छन्। घटना भएपछि प्रहरी टोलीले दुवैको उद्धार गरी तत्कालै किर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो।

प्राप्त जानकारीअनुसार, नीतुको अवस्था अहिले पनि गम्भीर छ भने बाबुल भने हिजो नै डिस्चार्ज भएका छन्। डिस्चार्ज पछि प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

निकट स्रोतका अनुसार, दुवैबीच विवाहको विषयमा विवाद चलिरहेको थियो। नीतु छिट्टै विवाह गर्न चाहन्थिन् भने बाबुल त्यसबारे अनिच्छुक देखिएका थिए। पछिल्लो समय चलचित्र छक्कापञ्जा ५ को गीत ‘बल्ल बुझेँ चाल तेरो…’ सुपरहिट भएपछि बाबुलको लोकप्रियता बढ्दै गएको र त्यसपछि सम्बन्धमा चिसोपन आएको नीतुको परिवारले जनाएको छ।

रसुवा घर भएकी नीतु थियटर कलाकारसमेत रहेकी थिइन् र हाल संगीत क्षेत्रमा संघर्षरत थिइन्। उनले हिजो आत्मदाह प्रयास गर्नु अघि आफ्नो फेसबुक स्टोरीमा लेखेकी थिइन् —

आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिँदैछु अब।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय