काठमाडौँनेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले गत भदौ २३ २४ गतेको जेनजी पुस्ताको प्रदर्शन त्यसपछि भएको घटनाक्रमले देशलाई अकल्पनीय क्षति पुर्‍याएको बताएका छन्।

शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले, “जेनजी पुस्ताकोप्रदर्शनबाट उत्पन्न परिस्थितिले देशमा ठूलो संकट सिर्जना गर्‍यो,” भन्दै प्रहरीका सदस्य अन्य दिवङ्गत आत्माहरूको चीर शान्तिको कामनागरे।

महानिरीक्षक खापुङले नेपाल प्रहरीलाई राज्यको सबैभन्दा अग्रपङ्क्तिमा रहेका सशक्त सुरक्षा संयन्त्रको रूपमा प्रस्तुत गर्दै नागरिकको स्नेह आक्रोश समानान्तर रूपमा प्राप्त गरेको उल्लेख गरे। उनले नेपाल प्रहरीको भूमिका, सुरक्षा चुनौती असहज परिस्थितिको सामना गर्दैशान्ति सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यसैगरी, उनले प्रहरी सेवा सुधार शुद्धीकरणको आवश्यकता पनि औंल्याए। प्रहरीको बोली, वचन व्यवहार सुधार गरेर नागरिककोविश्वास जित्नुपर्ने खाँचो रहेको उनको भनाइ थियो। उनले भने, “प्रहरीको पोसाक लगाएर नागरिकमाथि अपशब्द रवाफको व्यवहारकदापि स्वीकार्य नहुने छ।

खापुङले नेपाल प्रहरीको स्तरोन्नति नयाँ इकाइहरूको आवश्यकतासमेत औंल्याए, जसका लागि २५,000 भन्दा बढी जनशक्ति आवश्यकपर्ने जानकारी दिए।

यो सन्देश सुरक्षा क्षेत्रमा रहेका चुनौतीहरूको सामना गर्दै प्रहरीको व्यावसायिकता प्रतिबद्धताको महत्त्वलाई उजागर गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय