कञ्चनपुर । कञ्चनपुरमा विभिन्न प्रकारका पटाका सहित एक व्यक्ति पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–३ बस्ने ४९ वर्षीय खडक पाललाई करिब रु. २८ लाख ९८ हजार ६ सय ५० बराबरका पटाका सहित प्रहरीले शनिबार बेलुकी नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डेयको कमाण्डमा खटिएको टोलीले पालको घरमा पुगी विधिपूर्वक खानतलासी गर्दा उक्त परिमाणका पटाका फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ परेका पालमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार फेला परेका पटाका र विस्फोटक वस्तुहरूको अनुमानित मूल्य करिब रु. २८ लाख ९८ हजार ६ सय ५० बराबर रहेको छ।

यसैबीच, पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख  (एसपी) खड्क बहादुर खत्री जिल्ला प्रमुखका रूपमा कार्यभार सम्हालेपछि अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सुधार आएको स्थानीयवासीहरू बताउँछन्। उनका अनुसार एसपी खत्रीको सक्रियता, इमानदारिता र चुस्त प्रहरी परिचालनका कारण सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार, चोरी–तस्करी र आपराधिक गतिविधिहरूमा स्पष्ट गिरावट आएको छ।

स्थानीय नागरिकहरूको भनाइमा, “एसपी खत्री आएपछि प्रहरीले जनतासँगको सहकार्यमा काम गर्न थालेको छ, जसको प्रत्यक्ष असर सुरक्षाको सुधार र अवैध गतिविधिको नियन्त्रणमा देखिएको छ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने आगामी दिनमा पनि यस्ता अवैध क्रियाकलापविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय