
काठमाण्डौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ करोड रुपैयाँको भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारको अनुसन्धानअनुसार, भण्डारीले प्रतिष्ठानका लागि एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता गरी आर्थिक लाभ उठाएको देखिएको हो। सो प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी बनाईएको अख्तियारले जनाएको छ।

डा. भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन्। हाल उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन कार्यमा संलग्न छिन्।
यसअघि, बुधबार मात्र अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुई मन्त्रीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



