काठमाडौं, असोज हालै चुलिँदो राजनीतिक तनावका बीच जेनजी आन्दोलनका नेतृत्वकर्ताहरू नेकपा एमाले निकट युवा समूहबीचसम्भावित मुठभेडको आशंका गहिरिँदै गएको छ। स्थिति संवेदनशील बन्दै जाँदा सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन्।

सुरक्षा स्रोतका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा सक्रिय बनाएपछि जेनजी आन्दोलनप्रति एमालेकोबदलाभाव देखिएको छ। २३ २४ भदौमा भएको प्रदर्शनलाई एमाले निकट युवा तथा विद्यार्थी संगठनहरूलेविध्वंसकारी गतिविधिकोरूपमा व्याख्या गर्दै त्यसको प्रतिकारमा आक्रामक योजना बनाएको खुलेको छ।

स्रोतका भनाइमा, कुनै पनि समय जेनजी आन्दोलनमा संलग्न युवा एमाले निकट समूहबीच प्रत्यक्ष मुठभेडको सम्भावना बढेको , जुनहिंसात्मक रूप लिन सक्ने देखिएको छ। यसका लागि राजधानीलगायत संवेदनशील स्थानहरूमा सुरक्षा तैनाथी बढाइएको छ।

पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले हालैका पत्रकार सम्मेलनहरूमा जेनजी आन्दोलन काठमाडौंका मेयर बालेन्द्रशाहमाथि तीव्र आलोचना गर्दै प्रतिकारको संकेत दिएका छन्। यता, जेनजी अभियन्ता सुदन गुरुङले २३ भदौको प्रदर्शनमा भएकोगोलीकाण्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका छन्।

जवाफी रूपमा एमाले निकट संगठनहरूले सुदन गुरुङ मेयर शाहविरुद्ध सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपसहित प्रहरीमा उजुरीदिएका छन्। दुबै पक्षका कानुनी कदमहरूले द्वन्द्वको सम्भावना झनै बढाएको सुरक्षा स्रोतहरूको भनाइ छ।

स्रोतका अनुसार, एमाले निकट युवासंघका अध्यक्ष क्षितिज थेवे, नेता मंगल थापा लगायत ३०० भन्दा बढी कार्यकर्ता भक्तपुरको गुन्डुमाजेनजी प्रतिकारका लागि योजना बनाइरहेको सूचना प्राप्त भएको छ। यता, गृह मन्त्रालयभित्र पनि आन्दोलनप्रतिको धारणा विभाजितदेखिएको , जसले अवस्था जटिल बनाएको विश्लेषकहरूको भनाइ छ।

सुरक्षा विशेषज्ञहरूले सम्भावित मुठभेड रोक्न सबै पक्षलाई संयमता अपनाउन, कानुनी प्रक्रिया संवादलाई प्राथमिकता दिन आग्रह गरेकाछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय