सुरक्षा सरोकार — सर्लाही जिल्लाको बागमती नगरपालिका, अपो–कर्मैया क्षेत्रमा नेपाल प्रहरीका सई (नायब निरीक्षक) सुभाष यादव नेतृत्वको टिम स्थानीय जनताको सेवा तथा सुरक्षामा सक्रियपूर्व तयारीमा जुटेको छ।

बागमती नदी आसपासको क्षेत्रमा सामाजिक शान्ति, सुरक्षा व्यवस्थापन, विपद् पूर्व तयारी तथा आपतकालीन उद्धार योजनालाई ध्यानमा राख्दै प्रहरी टिमले स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आएको छ।

सई सुभाष यादवले भन्नुभयो, “हामी स्थानीय बासिन्दाको सुरक्षाका लागि सजग छौँ। बागमती नदी आसपास बाढीको सम्भावना हुन सक्ने भएकाले आवश्यक सुरक्षात्मक उपायहरू तयारी अवस्थामा राखिएका छन्।”

उनको टिमले हालसालै बाढीपूर्व सतर्कता कार्यक्रम, स्थानिय विद्यालय र सामुदायिक समूहहरूसँग आपतकालीन जानकारीमूलक छलफल तथा तालिम सञ्चालन गरेको थियो।

स्थानीय बासिन्दा राम महतोले प्रहरीको सक्रियताप्रति धन्यवाद व्यक्त गर्दै भने, “सुभाष सरको टिम सदैव सक्रिय छ। कुनै पनि समस्या परे तुरुन्तै प्रतिक्रिया दिनुहुन्छ।”

सई यादवको नेतृत्वमा बागमती क्षेत्रको शान्ति, सुरक्षा तथा सामाजिक उत्तरदायित्वप्रति नेपाल प्रहरीको क्रियाशीलता उदाहरणीय बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय