
काठमाण्डौं— काठमाडौं महानगरपालिकाले देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ। एक वर्षदेखि रोकिएको यो कार्य आगामी २०८२ असोज ७ गते मंगलबारदेखि सुरु हुने महानगर प्रमुख **बालेन्द्र शाह (बालेन)**ले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
‘विगत १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२–०६–०७ गते मङ्गलबारबाट सुरु गर्दै छौँ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दैछौँ,’ मेयर शाहले लेखेका छन्।

उनका अनुसार एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड तयार पारिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ।



