
काठमाडौं । गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले असोज ५ गते सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्री अर्यालले सशस्त्र प्रहरी सेवाको वर्तमान अवस्थाबारे जानकारी लिनुका साथै सुधार र प्रभावकारिताबारे आवश्यक निर्देशन दिनुभएको बताइएको छ।

उनले संगठनलाई नागरिकमैत्री, पारदर्शी र जवाफदेही बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै सुरक्षाप्रति संवेदनशील रही दायित्व निर्वाह गर्न अधिकृत तथा जवानलाई आह्वान गर्नुभएको छ।



