काठमाडौँ । सरकारले नेपाल प्रहरीका एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक)हरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ। हाल प्रहरीका चार महत्वपूर्ण विभाग नेतृत्वविहिन छन्।

खाली विभागहरूमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), मानवस्रोत विकास विभाग, प्रहरी एकेडेमी र प्रशासन विभाग रहेका छन्। यी विभागमा जिम्मेवारी दिने गरी आन्तरिक तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

प्रदेश समन्वय विभागमा कार्यरत एआइजी मनोज केसी, अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी राजन अधिकारी तथा कार्य विभागमा कार्यरत एआइजी शिद्धिबिक्रम शाहलाई ती विभागको नेतृत्व दिने तयारी भइरहेको छ। मनोज केसीलाई सीआईबीमा खटाउने सरकारको योजना रहेको बताइएको छ।

हाल नेपाल प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त छन्। तर तत्काल बढुवाको सम्भावना भने नरहेको प्रहरी स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार असोज मसान्तसम्म कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने समय हुने भएकाले हालका प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङको अवकाशपछि मात्र बढुवा प्रक्रिया अघि बढ्ने देखिएको छ।

खापुङ आगामी कात्तिक २७ गते अवकाश पाउँदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय