सुरक्षा सरोकार । जेनजी आन्दोलनको क्रममा जिल्ला कारागार रसुवाबाट फरार भएका ९८ जना कैदीमध्ये ९१ जनालाई पुनः पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी हेम शाहीको योजनाबद्ध नेतृत्व क्षमताले छोटो समयमै उल्लेख्य सफलता दिलाएको हो। बाँकी ६ जनाको खोजी अझै तिब्र गतिमा जारी राखेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता प्रहरी निरिक्षक राजु शाहले जानकारी दिनु भयो  ।

गत भदै २३/२४ गतेको आन्दोलनको उग्र रुपले मुलुकभरकै सुरक्षा निकायलाई चुनौतीको सामना गर्नुपरेको थियो। रसुवामा त झन् कारागारमै कैदी फरार भएपछि प्रहरीमाथि थप दबाब परेको थियो। सीमावर्ती जिल्ला भएकाले फरार कैदी छिमेकी मुलुक पस्ने सम्भावनाले चुनौती अझ जटिल बनेको थियो। तर, सीमाक्षेत्रमा समेत निगरानी बढाउँदै प्रहरी प्रमुख शाहीले सुरक्षालाई व्यवस्थित ढंगले सम्हाल्दै यो सफलता हात पार्न सफल हुनु भयो ।

स्थानिय बासिन्दाहरूले प्रहरीको सक्रियता र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेका छन्। रसुवाका एक समाजसेवीले भने, हामीलाई लागिरहेको थियो कि सबै कैदी बाहिर निस्किएपछि यहाँ असुरक्षा बढ्छ। तर प्रहरी प्रमुख हेमशाहीको दृढताले फेरि विश्वास जगाएको छ।व्यापारी समुदायका प्रतिनिधिहरूले पनि प्रहरीको तत्परता र प्रतिबद्धताले जनजीवन सहज भएको बताएका छन् ।

प्रहरी कार्यालयले बाँकी ९ जनाको खोजीलाई प्राथमिकतामा राखेको छ। यसका लागि स्थानीय बासिन्दासँग समन्वय, सीमाक्षेत्रमा निगरानी र गुप्त सूचनाको प्रयोगलाई मुख्य रणनीति बनाइएको छ। साथै, कारागार व्यवस्थापनलाई अझ सुरक्षित बनाउन सीसीटीभी क्यामेरा जडान, भौतिक संरचना मजबुत गर्ने र आकस्मिक अवस्थाको पूर्वतयारी योजना अघि बढाइने प्रहरीले जनाएको छ।

रसुवामा देखिएको यो घटना केवल एउटा चुनौती मात्र नभई सुरक्षा निकायको क्षमताको परीक्षासमेत बनेको थियो। जिल्ला प्रहरी प्रमुख डिएसपी हेम शाहीले तत्काल निर्णय क्षमता, योजनाबद्धता र टोलीगत कामको उदाहरण प्रस्तुत गर्दै ठूलो संकटलाई नियन्त्रणमा ल्याएउ सफल भएका हुन् । यसले प्रहरी र जनताबीचको विश्वास अझ गहिरो बनाउन मद्दत गरेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय