
काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मानमा भोली १ गते (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मिति २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनमा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाइने जनाएको छ। यस क्रममा नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र राष्ट्रिय झण्डा आधा झुकाइने उल्लेख छ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “जेन–जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप २०८२ साल असोज १ गते नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार राष्ट्रिय शोक मनाइने व्यहोरा सबैमा जानकारी गराइन्छ।”



