
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बन्ने तयारीमा रहेको अन्तरिम सरकार विस्तारको क्रममा गृहमन्त्री पदका लागि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा चर्चामा आएको छ।
गृहमन्त्रीको जिम्मेवारीका लागि विभिन्न व्यक्तिहरूको नाम सार्वजनिक रूपमा चर्चा भइरहेका भए पनि स्रोतहरूका अनुसार सुशासन, कडाइ र पारदर्शिताप्रति स्पष्ट दृष्टिकोण राख्ने व्यक्तिका रूपमा खरेललाई उपयुक्त उम्मेदवार मानिने तयारी भइरहेको छ।

प्रहरी सेवामा रहँदा उनले भ्रष्टाचार, आपराधिक गतिविधि र अनियमितताविरुद्ध चालेका कडा कदमका कारण सार्वजनिक रूपमा व्यापक चर्चा पाएका थिए। सुरक्षा संयन्त्रमा लामो अनुभव, प्रशासनिक दक्षता र नीतिगत प्रतिबद्धता खरेलको विशेषता मानिन्छ।
हाल राजनीतिक वृत्तमा गृहमन्त्रालयका लागि अन्य केही नामहरू पनि छलफलमा रहेका छन्। तर वर्तमान सन्दर्भमा खरेलको नाम सबैभन्दा अगाडि रहेको चर्चा तीव्र बनेको छ।



