
म्याग्दी । म्याग्दी कारागारबाट ७६ जना कैदी–थुनुवालाई भगाउन सहयोग गर्ने व्यक्तिहरूमध्ये ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि कारागार ऐन २०७९ बमोजिम आवश्यक अनुसन्धान भइरहेको छ भने अन्य संलग्नको खोजी कार्य जारी छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार, फरार भएका कैदीमध्ये हालसम्म ३८ जनालाई पक्राउ गर्न सफलता हासिल गरिएको छ।

प्रहरीले बाँकी फरार कैदी र सहयोगीहरूको पहिचान र पक्राउको प्रयास तीव्र पार्दै काम गरिरहेको जनाएको छ।