काठमाडौँ । वर्ल्डलिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जनाएको छ।

शुक्रबार बिहान जारी गरिएको सूचनामा वर्ल्डलिङ्कले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका–२०८० को प्रावधानअनुसार यस्तो कदम चालेको उल्लेख छ।

सूचनामा भनिएको छ, “यसअनुसार वर्ल्डलिङ्क इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म अब प्रयोग गर्न सकिने छैन।”

तर, टिकटक, भाइबर लगायत दर्ता भएका सामाजिक सञ्जाल भने यथावत् प्रयोग गर्न सकिने वर्ल्डलिङ्कले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय