नेपालगंज ।नेपालगंज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रमा प्रहरीले कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये एक जना सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर रहेका छन्।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार ती दुई जनालाई चेकजाँच गर्ने क्रममा हतियारसहित फेला पारी नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय